एनआरएनए जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठले उम्मेद्वारी दिने तयारी

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको कोषाध्यक्ष पदमा सचिन श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन ।
संघका वर्तमान सहकोषाध्यक्ष अब हुने एनआरएनए जापानको चुनावी मैदानमा कोषाध्यक्ष पदमा आउने निश्चित गरेका छन् ।
जापानमा युवा ब्यवसायी तथा संघका केन्द्रीय सदस्य देखि हालका सह–कोषाध्यक्षसम्म रहेका श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
डेढ दशक देखि जापानको टोकियो स्थित सिन–ओकुवोमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका श्रेष्ठले सन् २००८ देखि नै एनआरएनका विभिन्न अभियानहरूमा सहभागिता हुदै आएका छन् ।

‘म बोलीमा भन्दा ज्यादा काममा विश्वास राख्दछु’, उनले भने, ‘काम नगर्ने ठुला कुरा गर्नेहरूको बिगबिगी यहाँ बढी रहेको छ, त्यसको अन्त्य हुनका लागि समेत मेरो उम्मेद्वारी दिने निर्णय गरेको मातृ सन्देशलाई बताउनु भयो ।
सन २०१७-०१९ मा केन्द्रीय सदस्य, २०१९-०२१ मा सह-कोषाध्यक्षमा रही आफ्नो भूमिका निर्वाह गरिसकेका श्रेष्ठले २०२१-०२३ का लागि एनआरएनए जापान को कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: