एनआरएनए जापानको महिला उपाध्यक्षमा संगिता अधिकारीको उम्मेद्धारी

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आगामी कार्यकालको महिला उपाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेद्वारी दिने घोषणा गरेकी छन ।
वर्तमान कार्यसमितिको महिला संयोजक उनले आगामी कार्यकालको लागि प्रवासमा हामी नेपालीको ऐक्यबद्घता, एनआरएनएमा जवाफदेहिता र महिला सशक्तिकरण मेरो प्रतिबद्धता भन्ने नारा सहित उम्मेद्धारी दिने घोषणा गरेकी हुन ।
एनआरएनए जापानलाई सबल र समुन्नत बनाउने अठोटसहित २०२१-०२३ कार्यकालको लागि महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको अधिकारीले बताइन् । आफूले जित प्राप्त गरेमा एनआरएनए जापानलाई पारदर्शी बनाउने र महिला सशक्तिकरण बनाउने प्रतिवद्धतासमेत उनले गरेकी छन् ।

विगत १७ वर्षदेखि जापानमा कार्यरत रहेकी अधिकारी विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् । जापानस्थित विभिन्न संघसंस्थाहरूसँग हातेमालो गरी एनआरएनए जापानलाई सवल र सक्षम बनाउन भरपुर प्रयत्न गर्ने अधिकारीको दाबी छ ।

आदर्णिय जापानवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार 🙏
विश्व सामाजिक र राजनीतिक अबस्थामा महिलाहरुको नेतृत्व उदाहरणीय रहेको कुरा सर्वविदितै छ् ।
आफ्नो प्रतिस्पर्धात्मक क्षमताको आधारमा होस् या आफ्नो राजनीतिक अधिकारको उपयोगको आधारमा होस् महिलाहरुले आफ्नो पद र नेतृत्वलाई न्याय दिने काम गरेका छन । विदेशी भुमिमा रहेर पनि आफ्नो देश अनी मातृभूमी प्रतिको त्याग, माया र आफ्नो देश प्रतिको जिम्मेवारी वहन गर्न स्थापना भएका विभिन्न गैर आवासीय संघ-संस्थामा पनि महिला नेतृत्व को भूमिका उदाहरणीय हुँदा हुँदै पनि कतिपय स्थानमा महिला सहभागिता विगत देखी खड्किरहेको अवस्थामा महिला नेतृत्व र सहभागिता सुनिश्चित गराउनु पर्ने कुरा अस्वाभाविक बन्दै गएको छ् ।
यस अवस्थामा महिला नेतृत्व नै उनीहरुको अधिकारको रुपमा र सहभागिताको आवाश्यकतालाई मध्यनजर गर्दै एनआरएनए जापानको चुनावको लागि महिला उपाध्यक्ष पदमा घोषणा गरेको उम्मेदवारीलाई आफ्नो जिम्मेवारी मानी न्याय दिने प्रतिवद्दता समेत व्यक्त गर्दछु । मेरो कार्यकालमा गर्नु पर्ने मुख्य विषय र मुद्दा महिलाहरूलाई प्राथमिकतामा राखी समस्याहरुमा समर्पित हुने छन् ।
उक्त मुद्दाहरु यस घोषणापत्रमा निम्न अनुसार अभिव्यक्त गर्दछु ।
१, प्रत्येक दिन बिदेशीने नेपाली संख्या मध्य झन्डै पन्ध्र प्रतिशत महिला रहेको तथ्यांक ले देखाउछ । यसरी विदेशिने नेपाली का समस्याका माझ महिला का समस्या अझ बढी रहेका छन् । नेपाली हरुका हकहितको क्षेत्र रहेका सामाजिक संस्थाहरुमा अहिले पनि महिला प्रतिनिधित्त्व न्युन रहेकोमा मेरो उम्मेदवारी ति महिलाहरुको पक्ष मा रहेको छ ।
२, जापानमा रहेका महिलाहरुले भाषिक समस्याका कारण झेल्नु परेका स्वास्थ्य समस्या रोजगार खोज्दा हुने अप्ठ्यारा र समस्याहरुलाई सहजिकरण गर्न पहल गर्ने ।
३, हाल सम्म संलग्न रहेका संघ संस्थाका गतिविधि हरुलाई निरन्तरता साथै अझ सम्वृद्ध र सुद्रिढ गर्न प्रतिवद्द हुने ।
४, विदेशी भूमिमा हुने सामाजिक, आर्थिक तथा मानसिक समस्या बढ्दै गएको विधमान सन्दर्भमा यस्ता समस्या को निराकरण गर्न विभिन्न कार्यक्रमको आयोजना गरि यस्ता समस्या समाधान मा ध्यानाकर्षण गराउने ।
५, जापानमा रहेका हरेक संघ संस्थाहरू संग समन्वय गरी हरेक जिल्लाबासी को समस्यामा समधानको लागी सकरआत्मक भुमिका निर्वाह गरिने ।
६, महिला दिदी बहिनीहरूको सामाजिक क्षेत्रमा सहभागिता गराउन खेलकुद लगाएत का बिभिन्न मनोरन्जनका गतिबिधी गरिने छ ।
७, जापान रेडक्रस सोसाइटी संग पहल गरि 𝑵𝑹𝑵𝑨 जापानको क्षेत्रिय समिति संग समन्वय गरि एकैदिन जापानका बिभिन्न शहरमा रक्तदान कार्यक्रम गरिने ।
८, जन्मभुमीमा भईपरि आउने दैवीप्रकोपहरूमा जापानमा रहदै गर्दा जापानका सहयोगी निकायबाट पाउने सहयोगको लागी सम्बन्धित निकाय संग लागी पहल गरिने।
९ , जापानमा रहेका बिधार्थीका अवसर र चुनौती दुबैलाई ध्यानमा राखी हकहितका लागी पहल गरिने छ ।

म २००४ मा जापान आई २००८ बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामाजिक क्षेत्रमा आबद्ध रहि निरन्तर सहयोगी भुमिका खेल्दै आएकी छु । हजुरहरू को साथ,समर्थन र सहयोगले मेरा हरेक काम, कर्तव्यमा सहज भएको र आगमी दिनहरूमा पनि एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी ले तपाईहरू को साथ, समर्थन, सहयोग र निर्णायक मत दिएर फेरी यस क्षेत्रमा काम गर्ने मौका दिनु हुनेछ भन्ने पुर्ण बिस्वस्त हुदै हार्दिक अनुरोध समेत गर्दछु ।

प्रवासमा हामी नेपालीको ऐक्यबद्घता । NRNA मा जवाफदेहिता र महिला सशक्तिकरण मेरो प्रतिबद्धता ।

संगिता अधिकारी सुवेदी महिला उपाध्यक्ष पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, जापान
NRNA, JAPAN (2021-2023)

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: