सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश

चितवन । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ ।
स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उनले भिड नियन्त्रणका लागि गएका डीएसपीसमेत घाइते भएको बताए ।

अहिले पनि बाटो खुलाउने प्रयास जारी रहेको एसपी अधिकारीले बताए । घटनाको अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अरु सर्वसाधारण नागरिकलाई दुःख नदिन एसपी अधिकारीले अनुरोध गरेका छन् ।

प्रर्दशनकारीहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिदै घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

आन्दोलन मत्थर पार्न जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी

चितवनमा सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले गरेको आन्दोलन मत्थर पार्न जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । मृतक भण्डारीको घर नजिकैको पूर्वपश्चिम राजमार्ग खण्डमा कर्फ्यू लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती वडा नम्बर १ लोथरपुलदेखि राप्ती–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख छ । आदेशअनुसार आज २२ गते साँझ ७ः३० बजेदेखि २३ गत बेलुकी ७ः३० बजेसम्म कर्फ्यू जारी रहने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: