जसपामा यादव र ठाकुर दुबै पक्षको आ-आफ्नो दावी : यस कारण हुन सकेन निरुपण

काठमाडौं । जनता समाजबादी पाटी अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर छुट्टिने सहमति गरेर निर्बाचन आयोगबाट बाहिरिएका छन् ।
जसपा विवाद मिलाउन निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर दुबै पक्षले आआफ्नो दावी कायम राखेका कारण विवाद निरुपण हुन सकेन ।कारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ।

मंगलबार निर्वाचन आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए । आयोगले दुबै पक्षका नेतालाई आज छलफलका लागि बोलाएको थियो ।

आयोगसँगको छलफलपछि जसपा नेता महेन्द्र राय यादवले एकताको सम्भावना तत्काल नरहेको बताए । ‘निर्वाचन आयोगले कानूनी प्रक्रिया अगाडि बढाएको छ । हामीले तत्काल मिल्ने सम्भावना नभएकोले आयोगलाई आफ्नो प्रक्रिया अगाडि बढाउन भनेका छौं’, यादवले भने ।

छलफलपछि निर्वाचन आयोग स्रोतका अनुसार , ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’ आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ ।

यस्तै ओली सरकारमा जान नहुनेमा अर्का अध्यक्ष यादव पक्ष थियो । यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: