गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा सरोज खत्री भिड्दै

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परीषद (एनआरएनए) जापानको २०२१-०२३ कार्यकालका लागि सरोजकुमार खत्रीले उम्मेद्वारी दिने भएका छन ।
एनआरएनए जापानको आगामी दुई वर्षे कार्यकालका लागि खत्रीले उम्मेद्वारी दिने भएका हुन ।
एकता नै बल हो भन्दै खत्रीले “निश्वार्थ, निरन्तरता र निष्पक्षता,एनआरएनएमा मेरो प्रतीबद्धता ”भन्ने नाराबाट गैरआवासीय नेपाली संघ जापानको चुनाबी अध्यक्ष पदको मैदानमा उम्मेदवारी दिने मातृ सन्देश डट कमलाई जानकारी दिएका छन ।
एनआरएनएको छबी राम्रो छैन, यस्तो अबस्थामा तपाई हामी यतीकै हात बाधेर हेरेर बस्नु भन्दा पनी तपाईहरुको पनी र मेरो पनी यो संस्था राम्रो बनाउन योगदान गर्नु हाम्रो कर्तब्य भन्दै खत्रीले आजको युवा शक्तीको संयुक्त बलले मात्रै एनआरएनए जापानलाई सफा गर्न सकिने बताए ।

यसअघि एनआरएनए जापानको पूर्वउपाध्यक्षसमेत रहेर काम गरेका खत्री जापानमा अन्यायको विरुद्दमा खुलेर बोल्ने हाक्की ब्यक्तिको रूपमा परिचित छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: