एनआरएनए जापानका वर्तमान उपाध्यक्ष दीपक कार्कीले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष दीपक कार्कीले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
जापानको नागोंया शहरमा ब्यवसायी गर्दै आउनु भएका वर्तमान कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष कार्कीले २०२१-०२३ कार्यकालको लागी बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेर अन्तिम तयारीकासाथ प्रचारप्रसारमा लागेकाे बताउनुभयो।

मेरो चाहना यो पटक अध्यक्षको थियो र त्यसै अनुरूप तयारि अगाडि बढाएको थिए तर समाजमा अझ धेरै गर्नु पर्ने र सिक्नु पर्ने कुरा भएको महसुस भएको साथै अग्रजहरुको सल्लाह एबं क्षेत्रीय संयोजकहरु संग सल्लाह गरि अन्तत बरिस्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको कार्कीले बताउनुभयो ।

सन् २००७ मा जापान प्रबेश गर्नुभएका कार्की एनआरएनए एनसिसी जापानमा सुरुवाती दिनहरुबाटै आबद्ध भएर सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएको थियो।कार्कीले नायोया क्षेत्रीय संयोजक हुँदा धेरै सुधारहरुका कामहरु गर्नुभएको तथा क्षेत्रमा नेपाल फेस्टिबल जस्ता कार्यक्रम आयोजना गर्दै नेपाललाई चिनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । कार्की एनआरएनए बाहेक म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्ष समेत हुनुहुन्छ ।
कार्कीले क्षेत्रीय उपाध्यक्षमा रहँदा जापानबासी नेपालीहरुले गर्नु भएको सहयोगको लागी आभार, धन्यवाद तथा उच्च कदर गर्दै यो पटकको उम्मेदवारीलाई परिणाममुखि बनाउन जापानबासी नेपालीहरुको पुन साथ र सहयोग हुनेमा ढुक्क रहेको बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: