कोरोना संक्रमणबाट २९ जनाको मृत्यु, १२८६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,८७५  जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ ।

बिहीवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकामा रहेका छन्।सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा उपत्यकाका धेरै भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो घण्टामा थप २९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३०० जना छन् भने आइसोलेसनमा २६ हजार ४४७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

अहिले देशभरिका ९ जिल्लामा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २५ जिल्लामा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५७२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५७ जना भेन्टिलेटरमा छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया