एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण गैर शर्माको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगमी कार्यकाल(सन २०२१-०२३)का लागि कृष्ण गैरे शर्मा द्वारा कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सन २००० मा जापान प्रवेश गरेका गैरेले, यामागुचीको यामागुची दाईगाकुबाट “डिपार्टमेंट अफ कम्पुटर साइन्स एंड इन्फोर्मेसन टेक्नोलजीमा “ स्नातक गरि आफ्नै व्यवसाय गर्दै आएका छन् । गैरेले एनआरएनए अभियानमा – सन २०११-२०१३ कार्यकालमा एनआरएनए कान्साईको सदस्य, सन २०१३-२०१५ कार्यकालमा एनआरएनए कान्साईको सदस्य,सन २०१५-२०१७ कार्यकालमा एनआरएनए कान्साईको कोषाध्यक्ष, सन २०१७-२०१९ कार्यकाल एनआरएनए कान्साईको उप-संयोजक र सन २०१९-२०२१ कार्यकाल एनआरएनए कान्साईको संयोजकमा रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

गैरेले ‘ कोषाध्यक्ष पदको जिम्मेवारी दिनुभयो भने संस्थाको कोष अभिवृद्धि संगै आर्थिक पारदर्शिताका लागि निम्न कार्यवनयन गरि सस्थाको साखलाई उच्च राख्न कटिबद्ध रहने जनाएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया