एनआरएनए जापानको महासचिवमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आगमी २०२१-२३ कार्यकालको लागि महासचिव पदमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

“ईमान्दारिता,आर्थिक पारदर्सिता र लगनसिलता,सक्षम,सबल र साझा ल्च्ल्ब् मेरो प्रतिबद्दता” भन्ने मुल नारा सहित उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । वर्तमान कार्यसमितिमा सचिब पदमा रही जिम्मेबारी समालिरहनुभएका खरेल २००८ देखी संस्थामा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न छन  ।

जोस,जागर र काम गर्ने इच्छा शक्तिलाई पुनः सदुपयोग गरी सम्पूर्ण जापानबासी नेपालीहरुसँग हातेमालो गरेर अझै अगाडि बढ्ने दृढ चाहना अनुरुप महासचिब पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो ।

महासचिवका दाबेदार टिकाराम खरेलद्वारा जारी १२ बुँदे प्रतिबद्धता :-
 १-जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।
२-जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन-चेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्ने छु ।
३-नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।
४-अध्यनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु।
५-विद्यार्थी केन्द्रित क्षमता अभिबृदीका कार्यक्रमहरु संञ्चालन गर्ने जस्तै वक्तित्वकला,चित्रकला,हाजिरीजबाफ आदी-आदी।
६-विद्यार्थीहरुले अहिले प्राप्त गरिरहेको छात्रवृति लगायतका अन्य सुबिधाहरुलाइ अझै थप र ब्यबस्थित गर्नमा पहल गर्ने छु।
७-जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा बिभीन्न तालिम र सेमिनारको ब्यबस्था गरिने छ।
८-बालवालिका हरुको लागि  केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ।
९- NRNA जापानले गर्दै आईरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।
१०-आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिती बनाईने छ र जसको प्रतेक महिनाअडिटिङ् गर्नुका साथै सम्पुर्ण बिबरण जापान बासी नेपाली समुदायमा सार्बजनिक गरिने छ।
११-समय सापेक्ष विधानमा परिमार्जन गरिने छ।
१२-अन्य भैपरि आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्ने छु ।

अन्त्यमा,म कुरा भन्दा काममा बिश्वास राख्दछु ।
२००८ देखिनै संस्थाको साधारण सदस्य रहदै २०१३ बाट संस्थामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संलग्न रहि आएको कुरा याहाहरुलाई अबगत गराउन चाहान्छु।
संस्थाको जुन लक्ष्य र उदेश्य छ त्यो उदेश्य प्राप्ति गर्नका लागि म एउटा इट्टा पक्कै थप्ने छु।आजका मिति सम्म तपाईहरुले म प्रति गर्नु भएको सदभाव र विश्वासमा एक इन्च पनि कमि आउन दिने छैन ।सम्मानित संस्थाको बिकासका लागि म भित्र रहेको ज्ञान,सिप,बुद्दि,बिबेक र शक्ति प्रयोग गर्ने छु भने संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन प्रतिबद्द रहने छु।

भबदिय
टिकाराम खरेल
महासचिब पदको उम्मेदवार
हाल सचिब

फेसबुकबाट तपाइको प्रतिक्रिया