नागोयामा हुने फूटबल टुनामेन्टको सम्पूर्ण तयारी पुरा

निशान राना, नागोया जापान । एफ.सी धरानको आयोजनामा यही जुलाई ११ मा हुने भनिएको  दियालो सेबेन ए साईड नकाउट फुटबल खेल तालिका सहित सम्पूर्ण तयारी पुरा  भएको छ ।

नागोया शहर स्थित हिगासीकोसासा  सन्चालन हुने उक्त खेलमा १६ टीमको उपस्थिति रहने भएको छ ।

खेलको “ए “पोलमा एफ सि धरान व्ल्यक ,एभ्रेष्ट एफ सि ,सिजिओका व्ल्याक,वेनि एफ सि,एन एन एफ सि,ओशाका व्रदर्श,काभ्रोलि समाज र कोवे युनाईटेड रहेको छ भने ”बी ” पोलमा एफ सि धरान वाईट,फुकुओका एफ सि,पोखरा एफ सि,सिजुओका गाईज,सिजुओका ग्रे,योक्काईची एफ सि,एफ सि धरान येल्लो,युनिटि एफ सि रहेका छन ।

विजेताले ऊपाधि सहित २ लाख ५२ हजार ५ सय २५ जापानि येन र उप(विजेताले १ लाख ५१ हजार ५ सय १५ येन प्राप्त गर्नुका साथै अन्य बिभिन्न बिधामा पनि पुरुस्कारको ब्याबस्था गरिएको संयोजक सविन राईले वताऊनु भयो ।

स्थानिय संघ -संस्था, नेपाली राष्ट्रिय फूटवल खेलाडिहरू, एन्फा लगायतको विशेष सपोर्टेले पनि खेल थप चासोको विषय वनेको र त्यसै लेभल अनरूपको खेल आयोजना गर्न विदेशि भुमिमा आफुहरूले सके जति कसरत गर्ने कुरा, आयोजक एफ सि धरानका अध्यक्ष योमन देवानले जानकारि दिनु भयो । अत्यन्तै व्यस्त रहने विदेशिएका नेपालीहरू विचमा देखिएको खेलकुद प्रतिको यस्तो प्रेमलाई जीवित राख्न वेलामौकामा प्रतियोगिताहरू संचालन गरिरहनु पर्ने कुरा अध्यक्ष देवानले जोड्नु भयो ।

एक दिवसीय खेल भएकोले सवै टिमहरूलाई विहान १०:०० वजे खेल मैदान परिसरमा प्रवेश गर्न, आयोजकले अनुरोध गरेको छ ।

ऊद्घाटन खेल अन्तर्गत आयोजक एफ सि धरान व्याक को विरूद्दमा एभरेष्ट एफ सि ले प्रतिस्पर्धा गर्नेछ, खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र गोल नेपाल डटकमले गर्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: