कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकोले टोकियोमा चौथो पटक आपतकाल

 

टोकियो । जापान राजधानी टोकियो लगायतका शहरहरुमा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकोले टोकियोमा चौथो पटक आपतकाल घोषणा गरेको छ ।

आपतकाल अगष्ट २२ सम्म थप गरेको हो ।आगामी सोमबारदेखि लागु हुने गरि अगष्ट २२ सम्म लागु हुने गरि चौथो पटक आपतकालिन अवस्थाको घोषणा प्रधानमन्त्री सुगा योशिहिदेले गरेका हुन ।

ओलम्पिकको समयावधि पनि यहि समयसम्म रहेको अवस्थालाई समेत मध्यनजर यो आपतकालको समय थप गरिएको बताइन्छ ।

प्रधानमन्त्री सुगाले खोपको प्रदानका कारण अस्पतालका वेडहरुमा चिन्ताग्रस्त अवस्थामा रहेका विरामीको संख्या निरन्तर न्युन हुदै गएपनि भारतमा पहिलो पटक देखा परेको डेल्टा भेरियन्टको संक्रमणदर निकै बढेको अवस्थालाई ध्यानमा राखेर आपतकालको समयावधि बढाउनु परेको बताएका छन् ।

जापानका प्रधानमन्त्री सुगाले भने टोकियोमा संचालन हुन लागिरहेको ओलम्पिक खेललाई कोरोनाबाट सुरक्षित राखी खेल सम्पन्न गर्ने र विश्वव्यापी एकता प्रर्दशन गर्ने हाम्रो लागि अवसर हो । हालका लागि सरकारले आपतकालिन अवस्था टोकियो,ओकिनावा, साइतामा, चिवा, कानागावा र ओसाकामा अगस्ट २२ सम्म कायम राख्ने र पहिलेदेखि आपतकाल लगाइदै आएका होकाइदो, आइची, क्योतो, ह्योगो, फुकुआकामा आइतबारदेखि हटाइने जनाइएको छ ।

आइतबारदेखि टोकियो लगायतका अन्य प्रान्तहरुमा जारी रहेको तेस्रो चरणको आपतकाल सकिदै छ तर आपतकालको अन्त्य भएपनि संक्रमितको संख्या बढिरहेकाले पुन थप गर्नुपर्ने बाध्यता रहेको सरकारी पक्षको दाबी छ ।

आर्थिक मामिला मन्त्री निशिमुरा याशुताशी र स्वास्थ्य मन्त्री तामुरा नोरिहिरासँगको परामर्शमा सत्तारुढ दललाई कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको अवस्थामा सरकारले कोरोना नियन्त्रणमा लागि टोकियो लगायतका केहि शहरमा आपतकालिन अवस्थालाई केहि थप गर्न लागिएको जानकारी गराएका थिए ।

यो आपतकाल उच्च जोखिमका क्षेत्र भनेर खाराओके, रेष्टुरेण्ट, रात्रीकालिन मनोरञ्जनका क्षेत्रहरु, भिडभाड बडि हुने क्षेत्र लगायतलाई भनिएको छ ।

रेष्टुरेण्टहरुमा मद्यपानका लागि ७ बजेलाई नै कायम गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया