स्टोरिज अफ नेपालद्वारा नेसामका चौरी गोठालोलाई राहत वितरण

सिन्धुपाल्चोक । मनसुन सुरुभएदेखि नै मुलुकमा लगातार वर्षाका कारण आएको बाढी पहिरोले वितण्डा मच्चाईरहेको छ । देशका केही नदीहरुले सतर्कता तह पार गरेका छन् भने अन्य नदीहरुमा पानीको वहाव उच्च भएका कारण एक हजार ५१६ घर डुवानमा परेका छन् भने । यस्तै, बाढी पहिरोका कारण ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति त विस्थापित नै भएका छन् ।

यस्तैमा, असार १ गते जुगल गाउँपालिका वडा नं ३, नेसाम खोलामा गएको बाढीले आसपासमा रहेका ५ वटा चौरी गोठ बगाएको थियो । चौरी गोठालो ५ परिवारलाई स्टोरिज अफ नेपालले राहत स्वरुप खाद्यन्नका साथै आवश्यक सामाग्री वितण गरेका छन्।

पछिलो समय सामाजिक काममा सक्रिय रहेकी जुगल गाउँपालिका वडा नं ७ की रोशनी गोले तामाङको समन्वयनमा बिहिबार उनीहरुलाई २५ बोरा चामल, २५ के.जि दाल,  १० प्यकेट नुन, १० के.जि गेडागुडी, ५० केजि चिउरा , १० लिटर  तेल, ५ थान त्रिपाल ,५ थान रेन्कोट , ५ थान ज्याकेट, २ सेट बच्चाको कपडा, ५ थान ओढ्ने ओछ्याउने, ५ थान डोरि, ५० पिस मास् ,मन्जुरबुरुस ५ सेट, लाइटर ५ ओटा, थर्मस् ५ ओटा, सोलारबत्ति ५ सेट, बाच्चको सिरक ५ पिस, गमबुट ५ जोर, साबुन २५ पिस, डेक्ची ठुलो बिर्को सहित ५ थान, डाडु ५ थान, बाल्टिन ५ थान लगायतको सामग्रीहरु वितरण गरिएको जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङले जानकारी दिईन् ।

‘देशमा एक प्रकारको बिपद् आएको छ, उनले भनिन् यसमा सबैले सहयोग गर्न आवश्यक भएको छ । जसको आर्थिक अवस्था कमजोर छ । त्यसले मात्र राहत प्याकेज लिनु नै सबैको हित हुन्छ ।

उक्त सामाग्री उपाध्यक्ष सृजना तामाङ,नेपाल तामाङ कलाकार संघको सचिव रोशन फ्युवा तामाङ, समाज सेवी रोशनी गोले तामाङ, स्थानियको सहभागितामा वितरण गरिएको थियो । गाउँपालिका उपाध्यक्ष तामाङले यस्तो विपद्को बेलामा पनि सहयोग गरेकोमा संस्थाप्रति विशेष धन्यवाद वयक्त गरेकी थिईन् ।

सहयोग प्राप्त गरेपछि उनीहरुले सरकारले गर्न नसकेको सहयोग अन्यले गरेको बताउँदै प्राप्त सहयोगले केही समयको लागि जीवनयापनमा ठूलो सहयोग मिल्ने बताएका छन् । स्टोरिज अफ नेपालले यसअघि पनि विभिन्न जिल्लामा गएर यस्तो सहयोग गर्दै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: