एनआरएनए जापानको केन्द्रिय सदस्यमा भिमसेन रायले उम्मेद्वारी दिने

 

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको आगामी कार्यकाल का लागि भिमसेन राय ( रायमाझी) ले केन्द्रिय सदस्य पदका लागि उम्मेद्वार प्रस्तुत गरेका छन् ।

एनआरएनए  जापानको आगामी कार्यकाल २०२१-०२३ का लागि रायमाझीले केन्द्रिय सदस्य पदका लागि दावेदारी प्रस्तुत गरेका हुन । एनआरएनए जापान कान्तो क्षेत्रका निवर्तमान उप-संयोजक रहेका रायमाझी, संस्थामा पदमा रहेर मात्रै नभई पदमै नरहँदाका समयमा पनि ,गैरआवासीय नेपाली संघ जापानका विभिन्न कार्यक्रमहरुमा सकृय स्वयमसेवा गर्दै ,अग्रज एनआरएनए अभियन्ताहरुको केन्द्रमा रहन सफल युवा हुन् । रायमाझीले यस अघि कान्तो क्षेत्रकै संयोजक पदमा दावेदारी प्रस्तुत गरेता पनि, अन्त्यमा दिपेश केसीका लागि सहमती जुटाउँदै आफ्नो दावी फिर्ता लिएका थिए ।

सन २०१२ देखि जापानमा रहँदै आएका रायमाझीले एनआरएनए अभियानमा जोडिनु अघिपनि जापानमा अन्य युवा समूहहरुमा आवद्द भई ,सकृय नेतृत्व प्रदान गरिसकेका छन् ।

‘समाज सेवा मानविय हितको लागि मेरो उम्मेदवारी संस्थागत जितको लागि’ भन्दै रायमाझाले संस्थागत विकासमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया