
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा ओसाकामा रहेका नरेन्द्रकुमार बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयअघिबाट ओसाका क्षेत्रबाटै एनआरएन अभियानमा क्रियाशील बस्नेत वर्तमान राष्ट्रिय कार्यसमितिका सल्लाहाकार हुन् ।
बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबिन समितिको प्रतिवेदन र केही विवादित घटनाक्रमले एनआरएनए जापानको छवि धमिलिएको भन्दै संस्थालाई परिस्कृत गर्ने योजना अघि सारेका छन् ।
बस्नेत २०११-२०१३ मा कान्साई समिति उपसंयोजक, २०१३-२०१५ मा संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका हुन् । एनआरएनए जापानको क्षेत्रीय समिति संयोजक भएका उनी २०१७-२०१९ र २०१९-२०२१ मा निरन्तर एनआरएनए जापानको सल्लाहकारको रुपमा रहेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया