एनआरएनए जापानको अध्यक्षमा वर्माको उम्मेदवारी घोषणा

जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी निर्वाचनका लागि किरण वर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

वर्माले एनआरएनए जापान (२०२१-२०२३) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । ‘गैर आवासीय नेपाली संघ जापानको विधिविधानलाई आत्मासात गर्दै, संस्थाको उद्देश्य प्राप्तिको लागि दत्तचित्त रहेर सबैलाई अपनत्व हुनेगरी सामूहिक रूपमा कार्यसम्पादन गर्दै अगाडि बढ्ने प्रण गर्दै आगामी कार्यकाल २०२१-२०२३ का लागि एनआरएनए जापानको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु,’ उनको घोषणा पत्रमा लेखिएको छ, ‘गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष पदमा निर्वाचित गर्न यहाँहरूको अमूल्य मत, साथ र समर्थनबिना असम्भव छ । मलाई विश्वास छ यहाहरूको साथ मलाई प्राप्त हुनेछ र म यहाँहरूको सेवामा समर्पित हुने सौभाग्य प्राप्त मलाई प्राप्त हुनेछ ।’

वर्माले चुनौतीलाईअवसरमा परिणत गर्दै जापानवासी नेपालीहरुले अनुभूति गर्ने गरी सामाजिक कार्यहरू गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: