एनआरएनए जापानको सचिवमा उप्रेतीले उम्मेदवारी दिने घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी चुनावका लागि देवराज उप्रेतीले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

जापानलाई कर्मभूमि बनाउनुभएका उप्रेतीले एनआरएनए जापानको २०२१–२०२३ सम्मको कार्यकालका लागि सचिव पदमा उम्मेरदवारी दिने घोषणा गर्नुभएको हो।

उप्रेतीले सन् २०१५–१७ सम्म एनआरएनए जापान क्युस्यु कार्यसमिति सदस्य पदमा निर्वाचित भएर काम गरिसक्नुभएको छ । आजसम्म निरन्तर रुपमा एनआरएनए क्युस्यु क्षेत्रीय समितिमा प्रत्यक्ष रुपमा सहभागी भएर सामाजिक काम गर्दै आउनुभएका उहाँले सदस्य भएकै अवधीमा सचिवको जिम्मेवारी सम्हाल्दै २०१७–२०१९ सम्मको कार्यकालमा उपसंयोजक र २०१९–२०२१ कार्यकालमा संयोजक पदको जिम्मेवारी लिनुभएको थियो ।

आफूले आफ्नो कार्यकालमा निस्वार्थ भावनाले कार्यसम्पादन गरेको दाबी गर्दै उहाँले आगामी दिनहरुमा अमूल्य मत दिई एनआरएनए जापानको जिम्मेवारी दिए निस्वार्थ भावनाले सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एनआरएनए जापानप्रति जापानवासी नेपालीको आशा एवं विश्वास कम हुँदै गइरहेको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।  संस्थाप्रति नै वितृष्णा जागरण भइरहेको देख्दा अत्यन्त दुःखी भएको उहाँको बुझाई छ । नेपालको विकासको लागि जापानबाट सिकेका अनुभव, जापानको प्रवाधि र पुँजीलाई नेपालमा भित्र्याउन एनआरएनए आईसीसी तथा नेपाल सरकारसँग समन्वयन गर्न प्रयास गर्ने उहाँले प्रतिबद्धता गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: