
जापान । एनआरएनए जापानको वर्तमान कार्यसमितिका महासचिब जनकबिक्रम शाहीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिका महासचिब शाहीले आगामी २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन ।
शाहीले एकीकृत भिजन, संगठनात्मक विकास र जिम्मेवार नेतृत्व भन्ने मुल नाराका साथ एनआरएनए जापानको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी दिएका बताउनु भएको छ ।
एनआरएनए जापानमा शाही २०१७–२०१९ कार्यकालमा सचिब पदबाट एनआरएनएको अभियानमा प्रत्यक्ष सहभागी भई हाल महासचिबको जिम्मेवारीमा रहि संस्थामा निरन्तर लागि रहेका छन । शाहीले २०१९–२०२१ कार्यकालमा महासचिबको जिम्मेवारीलाई रचनात्मक तबरबाट निभ्याएको थिए ।
प्रशासनिक, प्राबिधिक रुपमा सक्षम रहेका शाही आगामी महाधिबेशनमा एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका शाहील जापानबासी आम नेपाली दाजुभाई दिदीबहिनीहरुलाई साथ सहयोगको लागि अपिल गरेका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया