एनआरएनए जापानको महिला संयोजकमा अञ्जु भण्डारीको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि वर्तमान महिला सदस्य अञ्जु भण्डारीले महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन ।
भण्डारीले सन् २०२१–२०२३ का लागि महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

जापानमा रहेका महिलाहरु विभिन्न समस्यामा रहेको आफुले पाएको र एनआरएनए मार्फत महिला संयोजकको हैसियतमा महिला लक्षित विभिन्न सहयोगी कार्यहरु गर्नुपर्ने आवश्यकता र गर्नसक्ने महशुस गरेर आफुले उम्मेदवारी घोषणा गरेको जनाएकी छन ।

महिला सदस्यकारुपमा पनि निकै सक्रियताका साथ संस्थागत तथा जापानमा रहेका महिला दिदीबहिनीहरुका विविध समस्या र आवश्यकताहरुलाई सम्बोधनका लागि योगदान गर्दै आएकी भण्डारीले महिला संयोजकको पदमा रहि थप योगदान गर्न चाहेकाले उम्मेदवारी घोषणा बताएकी हुन ।

भण्डारीले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने बताएकी छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: