एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति, दस्तावेजलाई अन्तिम रुप दिन बाँकी

काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज शुक्रबार दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
उनले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ ।
‘एकाध विषयमा छलफल बाँकी छ, भोली सम्पूर्ण हिसाबले निस्कर्ष पुग्ने विष्टले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: