एनआरएनए रासस जापानको सचिव पदमा श्याम शितलको उम्मेदवारी

जापान । गैरआवासीय नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय समिति जापानको सचिव पदमा श्याम शितल (श्याम कुमार श्रेष्ठ)ले उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

जापानमा एक दशक बिताईसकेका गायक तथा युवा ब्यवसायी श्याम शितल एनआरएनए जापान नागोया क्षेत्रीय समितिका निर्वतमान संयोजक हुन् ।

नागोंया क्षेत्रको सफल नेतृत्व गरिसकेका श्याम शितलले सचिव पदमा रहेर, केन्द्रीय समितको यात्रा तय गर्ने निर्णय गरेको बताए  ।नेपालको धादिङ् घर भएका श्याम शितलले नेपालमा पनि एक सफल गायक र संचालकर्मीको रुपमा आफुलाई स्थापित गरिसकेका छन ।

कलाकारिता(गायन) तथा संचारकर्मबाट आफ्नो छुट्टै पहिचाहन बनाउन सफल श्याम शितल, एनआरएनएमा केहि प्राप्तीभन्दा पनि आफुसंग भएको ज्ञान र अनुभवको संयोजनबाट संस्थालाई अगाडी बढाउन चाहन्छन् ।

मान-सम्मान तथा पदहरुको खासै मोह बाँकी नरहेका शितलले आफुलाई कुनै पार्टि,जातिय र क्षेत्रिय आधारमा साथ नदिई, केवल यो क्षेत्रमा कर्मगर्ने प्रतिवद्धता बोकेको युवाको रुपमा साथ र समर्थन गरिदिन सार्वजनिकरुपमै जापानबासी सामु अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: