एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण खनालको उम्मेद्वारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन २०२१-२३) का लागि कृष्णप्रसाद खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा सदस्य पदमा क्रियाशिल खनाल, एनआरएनए जापानमा आर्थिक पारदर्शिता तथा चुस्त-दुरुस्त कोष सहित कोष अभिवृद्धि तथा संस्थागत हितको नारा लिएर कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन ।
धादिङ् जिल्ला स्थायी घर भई विगत १ दशकदेखि जापानमा रहँदै आएका खनाल, धादिङ् समाज जापानको निवर्तमान अध्यक्ष पनि हुन् । २ कार्यकाल समाजको अध्यक्षता गरेका खनाल नेतृत्वमा अव्वल मानिन्छन् । उनी समाजको नेतृत्व गर्दाखेरी अनुभव तथा एनआरएनए जापानमा सल्लाहकार एवं सदस्य रहँदा संस्थागतरुपमा महशुस गरेको कमि-कमजोरीहरु हटाउँदै सबल, सक्षम र पारदर्शी एनआरएनए बनाउने उर्जाको साथ कोषाध्यक्ष पदमा आउन लागेको बताउनु भयो ।

जापानको टोकियो स्थित आसागयामा आफनै रेष्टुरेण्ट र हलाल फूडको ब्यवसायी गर्दै आउनु भएका खनालले जापानवासी नेपाली दाज़ुभाई दिदीबहिनीलाई भोट गरि सहयोग गर्न समेत अपिल गर्नु भएको छ ।

कृष्ण खनालको घोषणा एवं प्रतिवद्धताहरु यस्तो छ :-

आदरणीय जापानवासी सम्पूर्ण नेपाली दाजु/भाई तथा दिदी/बिहिनीहरुमा हार्दिक नमस्कार !
सर्वप्रथम म (NRNA) जापानका अग्रज अभियान्ताहरु प्रति ऊच्च सम्मान सहित हार्दिक आभार प्रकट गर्दछु । किनकि, यहाँहरुको पथ पछ्याउँदै आज हामी यस अभियानमा हिँड्न सक्षम भएका छौँ । यससंगै जापानलाई आफ्नो कर्म थलो बनाउँदै, विभिन्न पेसा,व्यवसाय तथा स्टाटस(कुक /बिध्यार्थी/जागिरे/डिपेन्डेन्ट )मा जापान रहनुभएका यहाँहरु सम्पूर्णमा हार्दिक नमन गर्दछु ।
म बिगत १ दशकभन्दा बढि समयदेखि जापानमा बसोबास गर्दै आएको छु। जापान आउनु अगावै नेपालमै रहदा पनि विभिन्न सामाजिक संघ/संस्थाहरुमा सकृय रहँदै आएको थिए । पछि जापान प्रवेशसंगै सन २०१३ मा धादिङ समाज जापान गठन भए पश्चात सन २०१३ देखि २०१६ सम्म सदस्यको रुपमा सक्रिय रहेँ । त्यसपछि सन २०१६ देखि २०१८ र सन २०१८ देखि २०२० सम्म (दुई कार्यकाल ) धादिङ समाज जापानको अध्यक्ष भएर काम गर्ने अवसर प्राप्त गरेँ । समाजमा २ कार्यकाल अध्यक्ष हुँदै गर्दा, जापानमा क्रियाशील अन्य संघ/संस्थाहरुसंगै गैरआवासीय नेपाली संघ जापानसंग विभिन्न अवसरमा विविध भूमिकाहरुमा सहकार्य गर्ने सुखद अवसरहरु पनि प्राप्त गरेँ । त्यहि अवसरहरुले मलाई एनआरएनए जापानको गतिविधिहरुमा प्रत्यक्ष सहभागी भएर काम गर्ने उर्जा जागृत गरायो । म भित्र संस्थाप्रतिको मोह पलाउनु र संगै अग्रज अभियन्ताहरुद्वारा मेरो क्रियाशीलतालाई रुचाईनुको संयोगसंगै सन २०१७-२०१९ को कार्यसमितिमा मलाई NRNA )जापानको मानार्थ परिसदमा पुग्ने अर्को अवसर प्राप्त भयो । त्यसपछि फेरि सन २०१९ – २०२१ को कार्यसमितिमा करिब १ वर्ष सल्लाहकार र त्यपछि हालसम्म सदस्यमा रहेर जिम्मेवारी सम्हाली रहेको छु ।
तत्कालिन् अवस्थामा, भर्खरै संगठित भएको धादिङ समाजको २ कार्यकालको नेतृत्व सक्काएर संस्थागत जिम्मेवारीबाट बाहिरिँदै गर्दा जापानको १ सय भन्दा बढि संस्थाहरुको बिचमा एउटा सग्लो छवि बनाउन सफल भएको अनुभव र एनआरएनए जापानका गतिविधिहरुलाई मानर्थ परिषद,सल्लाहकार तथा कार्यसमिति सदस्य भएर नियाली सकेपछि मैले देखेका संस्थागत तथा कोषगत सुधारका योजनाहरुलाई साकार पार्नसक्छु भन्ने आत्मविश्वासका साथ म, आगामी कार्यकालको कोषाध्यक्ष पदको आकाँक्षी बन्न पुगेको हुँ ।
अहिले मैले एनआरएनएको कोषाध्यक्ष पदमा उम्मेदवारी दिईरहँदा, सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारीमा काँध थापेको महशुस भईरहेको छ । भर्खरै मात्रै छानबिन समितिले प्रस्तुत गरेको अनियमितता र वर्तमान समितिकै अध्यक्षद्वारा गरिएका अपारदर्शी आर्थिक गतिविधिहरुले संस्था चौतर्फीरुपमा आलोचित बनिरहेको छ । यहि कठिन परिस्थितिमा संस्थाको लथालिंग आर्थिक व्यवस्थापनको जिम्मेवारी उठाउने काम मेरो लागि सजिलो त पक्कै छैन । तर मेरो नेतृत्वगत अनुभव र कार्यगत क्षमताका कारण असहजता भएता पनि बाटो भूल्दै गरेको एनआरएनए जापानको आर्थिक हिसाब/किताबलाई एउटा निश्चित ट्र्याकमा हिँडाउने कुरामा हजुरहरु सबैजनालाई आश्वस्त पार्न चाहन्छु ।
अधिकांस टेस्टेड ( विभिन्न समयको कार्यसमितिमा प्रत्यक्ष जिम्मेवार पदमा रहिसकेका तर प्रतिवद्धता पुरा गर्न नसकेका)हरुका माझमा म पदगतरुपमा नितान्त नयाँ जोश जाँगर सहित विना दाग/धब्बा एनआरएनएलाई शुद्धिकरण र सुधारको बाटोमा लैजाने योजना सहित आएको छु । त्यसैले म आशावादी मात्रै होईन शतप्रतिशत ढुक्क छु, कि यस पटक यहाँहरुको अमूल्य मतले मलाई कोषाध्यक्षको जिम्मेवारी प्राप्त हुनेछ ।
म संग धेरै ठूला- ठुला योजनाहरु छैनन् बस एनआरएनए जापानको कोषमा सबैले भन्ने तर कहिलै गर्न नसक्ने नजिर बसेको पारदर्शीता भन्ने शब्दलाई व्यबहारमा उतारेर सावित गर्नेछु । यहि योजनालाई सावित गर्न म यि ४ वटा प्रतिवद्धता प्रति कटिबद्ध रहनेछु ।
१.एनआरएनए जापानको आर्थिक हर हिसाव चुस्त/दुरुस्त राखी व्यवहारिक पारदर्शिताको महशुस गराउनेछु । साथै आर्थिक अनुगमन कमिटि बनाइ सुझाब ,सल्लाह लिएर अगाडी बढ्ने छु।
२.खर्चको हिसाव देखाउने मात्र होईन,संस्थाको कोष अभिवृद्धि गर्ने रचनात्मक कामहरु –
विभिन्न राष्ट्रीय अन्तर्राष्ट्रीय व्यवसायीक प्रतिष्ठानहरुसंग सहकार्य गर्ने,क्लाउड फण्डिङ तथा विविध समय सान्दर्भिक कार्यक्रमहरुको आयोजना गर्ने आदि ।
३.एनआरएनए जापानको आर्थिक हिसाब कितावको मासिक विवरण तयार पारी संस्थाको बैंक खाताको फोटोकपी ,बिल लगायतका अन्य आबश्यक कुरा हरु इमेल तथा संस्थाको होमपेज मार्फत सरोकारवालाहरु समक्ष हरेक महिना सार्वजनिक गर्नेछु ।
४. पूर्व कार्यसमितिले थालनी गरेको आपतकालिन् कोषको निरन्तरता साथै यसको संचालन तथा व्यवस्थापनको एउटा स्पष्ट निति बनाउँदै जापानवासी नेपालीहरुमा भईपरि आउने समस्या तथा जन्मभूमि नेपालका विभिन्न आवश्यकताहरुमा उपयोग गराउनेछु ।
कृष्ण प्रसाद खनाल
कोषाध्यक्ष पदका उम्मेदवार
NRNA NCC JAPAN (2021-2023)

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: