बुढानिलकण्ठ १२ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कोभिड– १९ अर्थात् कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बन्दै आएको छ। कोरोनाका कारण विश्वको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ । भाइरसले विश्वमा ज्येष्ठ नागरिकलाई त अझ बढी नै प्रभावित पारेको छ। ज्येष्ठ नागरिक यस संक्रामक रोगबाट निकै आक्रान्त बनेका छन्।

एकातिर ज्येष्ठ नागरिक आफ्नै शारीरिक पीडा तथा मानसिक तनावमा बाँचिरहेका छन्। त्यसमा झन् कोभिड– १९ को संक्रमणबाट आहत भएका छन्। बूढाबूढीको कमजोर बन्दै गएको शरीरलाई यसले अझ प्रभाव पार्ने हुँदा ज्येष्ठ नागरिकप्रति हामीले बढी नै सजग हुनुपर्ने देखिन्छ। ज्येष्ठ नागरिक अहिले पनि असमानता, भेदभाव र वृद्ध भएका कारण उल्लिखित यी अधिकारबाट वञ्चित भइरहेका बेला बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ ले भने उनीहरुलाई पौष्टिक आहार वितरणका साथै, स्वास्थ्य परीक्षण गराई आवश्यक औषधि समेत प्रदान गरेको छ । 

शनिबार वडा नम्बर १२ को आयोजना र बालसचेतना केन्द्र नेपालको विशेष स्वास्थ्य सहकार्यमा भएको कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेलले जेष्ठ नागरिकहरुको लागि स्थानिय सरकारले हरेक तवरबाट सहयोग गरिरहेको बताएका छन् । उनले ज्येष्ठ नागरिकहरुलाई सम्मान, कदर गर्न र उनीहरुको मनोबल उच्च राख्न सम्मानका साथै स्वास्थ्य परिक्षण गरिएको बताए । जेष्ठ नागरिकहरु देशको अभिभावक रहेकाले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने बताउँदै उनले आगामी दिनमा जेष्ठ नागरिकहरुको लागि थप नयाँ योजना ल्याई सहयोग र सम्मान गर्न आफु प्रतिबद्ध रहेको बताए ।

वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले कोभिडका कारण विभिन्न कार्यक्रम रोकिएको बताउँदै आर्थिक वर्षको अन्त्यमा आएर बृद्धवृद्धालाई सम्मान गर्नु सामाजिक दायित्व रहेकाले वडाका बाआमाहरुलाई सम्मान गरिएको बताए । 

कार्यक्रममा बालसचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालले आफुहरु सदैव समाजमा अपहेलित भएकाहरुका लागि सेवा दिन तत्पर रहेको बताउँदै आगामी दिनमा बूढानिलकण्ठ नगरका सबै वडामा कार्यक्रम दिन सकिने बताए । उनले आर्थिक अभावका कारण अस्पतालसम्म जान नपाएकाहरुले केन्द्रमा सम्पर्क गर्न समेत अनुरोध गरे । 

सेवा निवृतराष्ट्र सेवक कर्मसाची संघका केन्द्रीय सदस्य तारा प्रसाद देवानले यस्ता कार्यक्रम कुनै पनि वडाले नगरेको बताउँदै आजको कार्यक्रमले जेष्ठ नागरिक ऐनको कार्यनवयन गरेको बताए । ऐन निएमको पालना गर्ने हो भने पक्कै पनि हामी सुखि नेपाल समृद्ध नेपाली हामी बन्न सकने तर्क गरे ।

कार्यक्रममा कोभिड–१९ (एन्टिजेन्ट) परिक्षण, विशेषज्ञ चिकित्सक, नर्सहरु, स्वेता ब्लड डोनेसन क्याम्पेन २०२१ की संचालिका स्वेता श्रेष्ष्ठ लगाएतको टिमद्वारा स्वास्थ्य परिक्षण, ॐ समाज डेन्टल हस्पिटलका चिकित्सक र नर्सहरुको सहभागितामा १२५ जना भन्दा बढी जेष्ठ नागरिकहरुको दन्त परीक्षण गरिएको थियो । साथै, कार्यक्रमा जेष्ठ नागरिकहरुलाई दोसल्ला र पौष्टिक आहार प्रदान गरी सम्मान गरिएको थियो । 

उक्त कार्यक्रममा जेष्ठ नागरिकहरु लगाएत उपस्थित सम्पूर्णलाई वरिष्ठ समाजसेवी राजु कार्कीले खानाको व्यवस्था गरेका थिए । पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलमा अयोजित कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई, वडा नम्बर ११ का अध्यक्ष राजु अधिकारी, नगर कार्यपालिका सदस्य शान्ता ढकाल, विभिन्न वडाका जनप्रतिनिधिहरु, महिला संजालका अध्यक्ष सुमिता श्रेष्ठ, टोल सुधार समितका, महिला समूहका प्रतिनिधिहरु, नगर प्रहरी, वरिष्ठ समाजसेवी राजेश्वरी श्रेष्ठ, पत्रकार एवम् समाजसेवी राजन थापा, समाजसेवी लक्ष्मी बस्नेत, गजेन्द्र ढकाल, पत्रकार पुण्यराज पुडासैनी, समाजसेवी, पत्रकार लगायत स्थानीयहरुको उपस्थित रहेको थियो । 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: