एनआरएनए जापानको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलको उम्मेद्वारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पौड़ेलले जुलाई ११ तारिख पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफूले एनआरएनए जापानको नेतृत्व गर्ने अवसर पाए लामो समय देखिको आर्थिक अनियमितताको मुद्दालाई टुङ्गोमा पुर्‍याउन सहयोग गर्ने अडिट गराउने तथा एनआरएनएलाई सबैको भरपर्दो संस्था बनाउन पहल गर्ने बताए ।

एनआरएनए जापानको यही जुलाई २५ मा ओसाकामा महाअधिवेशन र २७ तारिख निर्वाचन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशन नजिकिँदै गर्दा अध्यक्षमा पौड़ेलसहित ८ प्रत्यासीको चुनावी प्रचारप्रसार र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि पौडेलले २५ बुँदे लामो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: