धारा ७६ (५) मा सांसदलाई ह्वीप नलाग्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेवापत नेकपा एमालेका सांसदहरूलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको छ ।

रिट निवेदनमा माग गरिए बमोजिम आदेश सुनाउँदै सर्वोच्चले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको हो ।

अदालतको यो फैसलासँगै देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका एमाले सांसदहरूलाई कारवाही गर्न नमिल्ने भएको हो । देउवालाई माधव नेपाल पक्षका २३ सांसदले समर्थन गरेका थिए । अदालतको व्याख्या अनुसार उपधारा ५ मा सांसदको हैसियत स्वतन्त्र हुन्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: