बाबुराम खरेलद्वारा एनआरएनए जापानको सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यसमितिका लागि बाबुराम खरेलले सह(कोषाध्यक्ष पदमा उम्मेदारी घोषणा गरेका छन् ।

एनआरएनए जापानको वर्तमान कार्य समिति सदस्य खरेलले आगामी सन २०२१-०२३ कार्यसमितिका लागि खरेलले सह(कोषाध्यक्ष पदमा उम्मेदारी घोषणा गरेका हुन । खरेल बिगत २ दशकअघि जापान प्रबेश गरि जिल्लागत संघरसंस्थाहरु, तथा नेपाली व्यवसायीहरुको संघमा पनि प्रत्यक्ष सहभागी रहँदै आएका छन् ।

सन २०१३ बाट औपचारिक एनआरएनए अभियानमा जोडिएका खरेल,केन्द्रिय सदस्यको रुपमा एनआरएनए जापानलाई नजिकबाट नियाली सकेपछि, सह( कोषाध्यक्षमा दावेदारी प्रस्तुत गर्ने निष्कर्षमा पुगेका हुन् । एनआरएनए जापानमा अहिले लागेको आर्थिक अनियमितताको कालो धब्बा हटाएर, स्वच्छ एनआरएनएको छवि बनाउने योजनाले मैले सह(कोषाध्यक्षमा दाबेदारी प्रस्तुत गरेको बताए ।

गुल्मीमा जन्मिएका खरेल बिगत २ दशकदेखि जापानको आईची प्रान्तको नागोया क्षेत्रमा रहँदै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: