
टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी नेतृत्वको लागि नारायण खड्काले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
वर्तमान कार्यसमितिका उपाध्यक्ष खड्काले युवा आव्हान तथा संगठनात्मक बिकास र एकताको लक्ष्य सहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
ईन्जिनियर पेशामा आवद्ध खड्का युवाहरुको एनआरएनए प्रती आकर्षण घट्दै गैरहेकोले संगठनमा युवा सहभागितालाई प्राथमिकतामा राख्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
खड्काले १४ बर्षको एनआरएनए जापान नेतृत्वमा आफु मात्र पहिलो पटक फरक प्राविधिक क्षेत्रको विशेष दक्षता भएको क्षेत्रबाट प्रतिनिधित्व गर्न लागेको बताउनुभयो ।
संस्थाले गरेको कामहरुको बारेमा बार्षिक प्रतिवेदनमा समेटिएपनि जापानमा रहेका कोहीपनि नेपालीहरुले गत बर्ष एनआरएनएले गरेको एउटा पनि कामबारे भन्न सक्ने अवस्था नहुनुलाई संस्थागत कामको विवरण डिजिटलाईज नहुनु र काम जापानवासी नेपालीहरुसँग सहकार्य नगरि हचुवाको भरमा काम गरेको खड्काको बुझाई छ ।
जापानमा रहेका नेपालीको हितको लागि काम गर्ने भन्छौं तर संस्थासँग अहिलेसम्म जापानमा रहेका नेपालीको समस्याहरुको कुनै तथ्यांक वा विवरणको लिष्ट वा आधिकारिता छैन ु खड्काले भन्नुभयो ।
साझा संस्थाको रुपमा एनआरएनएलाई विकसित गर्ने जिम्मेवारी छ , म नेतृत्वमा पुगेपछि यि सबै काम योजनावद्ध रुपले गरेर देखाउने खड्काको जिकिर छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया