कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, २०७८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ हजार ५८ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ६३९ जनार ३ हजार ९५४ जनाको एन्टिजेन्ट परिक्षण गर्दा ७५९ गरी कुल २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या सात लाख तीन हजार आठ सय ५६ पुगेको छ ।

यस्तै थप दुई हजार ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ । मंगलबार थप १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय १२ पुगेको छ । नेपालमा अहिले २६ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: