नेपाली काँग्रेस बनेपा नगरको सभापति महेश कर्मचार्य बन्लान त ?

काभ्रे । नेपाली काँग्रेसको १४ औँ अधिवेशन संघारमै छ । अधिवेशनका लागि देशभर कांग्रेसका कार्यकर्ताको दौडधूप चलिरहदाँ काभ्रेमा पनि कार्यकर्ताहरु अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काभ्रेको काँग्रेस बनेपा नगरको नयाँ कार्य समितिका लागि पनि महोल तातिएको छ । यसपटकको अधिवेशनमा उम्मदेवारहरुको कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् ।

बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सचिव महेश कर्माचार्य आउदै गरेको नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा बनेपा नगरको सभापतिका दाबेदार हुन । नेपाली काँग्रेसको १४ औं अधिबेशनमा काँग्रेस बनेपा नगर सभापतिको उम्मदेवारी दिएका कर्मचार्यको सम्भावना कति छ रु के उनी बन्लान् त नगर सभापति रु यहीँ नै अहिले सबैको चासोको विषय बनेको छ । त्यस्तो त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगर पार्टीको पहिलो तहका नेता भएकाले अहिले उनी निरन्तर नेतृत्व तहमा छन् । त्यसकारण पनि सभापतिमा उनको सम्भावना बढि हुने विश्लेषण गरिएको छ ।

कर्मचार्यको राजनितिक यात्रा

दुई दशकदेखि राजनितिक क्षेत्रमा कुशल राजनितिज्ञको रुपमा परिचित नाम हो, महेश कर्माचार्य । २०४६/२०४७ सालमा नेपाल विद्यार्थी संघ, काभ्रे बहुमुखी क्याम्पसमा सचिब भइ बिद्यार्थीहरुको हकहितको लागी लडेका थिए । २०५४ सालमा नेपाल तरुण दल बनेपा नगर समितिमा सचिव भइ जनताको सेवा गरेका थिए भने नेपाली काँग्रेसको १२ औँ महाधिवेशन बाट नेपाली काँग्रेस बनेपा नगर समितिको सचिव पदमा निर्बिरोध निर्वाचित भइ कार्यकाल अवधिभर बनेपा नगर बासिको काम गर्न लागी परेका थिए ।

त्यसका साथै २०७० सालको संबिधान सभाको चुनावमा नेपाली काँग्रेस बनेपा नगरपालिकाको लागी प्रचारप्रसार समितिका संयोजक भइ काम गरेका थिए । त्यस लगतै नेपाली काँग्रेसको १३ औँ महाधिवेशन बाट नेपाली काँग्रेस बनेपाको सचिव पदमा निर्बिरोध निर्वाचित भइ हाल सम्म कार्यरत छन् । १३ औं महाधिवेशन पश्चात् नेपालमै पहिलो पटक देश भरका नगरहरुको नेपाली कांग्रेसका सभापतिहरुको सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सम्पुर्ण तवरले आफ्नो भुमिका निर्वाह गरेका थिए ।

सामाजिक क्षेत्रमा कर्मचार्यको योगदान

उनको राजनितिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि ठूलो योगदान छ । कुशल राजनितिज्ञ मात्र नभएर उनी एक क्रियशील सामजशेवीले पनि चिनिन्छन् । कोरोना महामारीको समयमा उनले फुड बैँक नै स्थापना गरी झण्डै ८ सय भन्दा बढि परिवारलाई खाद्यान्न वितरण गरेका थिए । कोरोना कहरको पहिलो लहरमा लगातार ४८ दिन सम्म दैनिक १५० देखी २०० जना रोजगार गुमाएर अपठयारोमा परेका आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुलाई दिनको १ छाक खाना खुवाउने व्यवस्था गरेका थिए । बिगतमा गएको महाबिनाशकारी भुकम्पबाट पीडित काभ्रे र सिन्धुपाल्चोकका जनताहरुको घर दैलोमा पुगी राहतका प्याकेज वितरण गरेका धेरै उदाहरण देख्न सकिन्छ ।

कर्मचार्यको नेत्तृत्वमा खेलकुद क्षेत्रको विकास

बनेपा र काभ्रेकै नाम उच्च राख्न बनेपा ब्वाइज क्लबको अध्यक्षमा रही राष्ट्रिय स्तरीयमा फूटबल प्रतियोगिता बिबिसी बनेपा कपका विभिन्न संस्करणहरु पटक पटक संचालन गर्दै आएका छन् । विभिन्न जिल्लामा हुने राष्ट्रिय स्तरीयका फुटबल प्रतियोगिताहरुमा बनेपाको इज्जत रहने गरी सहभागी जनाएको र आगामी दिनमा बनेपालाई फुटबलको राष्ट्रिय लिगमा पुर्याउन उदेश्यले बिगत १२ वर्षदेखि निरन्तर लागी रहेका छन् ।

संस्कृति, सम्पदा, रितिरिवाजको संरक्षणमा कर्मचार्यको प्रयास

यसका बाबजुद आफ्नो गाउँ ठाँउ जिल्लाको उत्पादनहरुको बजार प्रबर्द्धन र बनेपा सास्कृतिक सम्पदा रिति थितीहरुको बारेमा समग्र नेपालीहरुलाई जानकारी दिनुका साथै नयाँ कलाकारहरुलाई आफ्नो प्रस्तुति दिन मञ्च प्रदान गर्दै आएका छन् । यसका साथै अन्य कलाकरहरुले आय आर्जन गराउने त खेल्कुद बिधाका विभिन्न प्रतियोगिताहरु संचालन गरि आफ्नो प्रतिभा देखाउने अवसर प्रदान कर्माचार्यले गर्दै आएका छन । उनले दर्शक महानुभावहरुले भर पुर मनोरञ्जन लिन सकोस् भन्ने उदेश्यले बनेपा महोत्सव को विभिन्न संस्करणहरु सफलतापुर्वक आयोजना गर्दै आएका छन् ।

महेश कर्माचार्य काभ्रे उद्योग बाणिज्य संघ बनेपा संयोजक, काभ्रे जिल्ला फुटबल संघको उपाध्यक्ष, टिम बिबिसी संयोजक, लायोँस क्लब अफ काभ्रे अध्यक्ष सल्लाहकार र धेरै वटा राष्ट्रिय स्तरका संघ संस्थाहरुको सल्लाहकारको रुपमा काम गरिसकेका छन् । कर्मचार्यले समाजका लागि गरेको गतिविधि र उनको योगदानको आधारमा बनेपा नगर सभापतिमा उनको सम्भवना निकै उच्च रहेको जानकारहरुले विश्लेषण गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया