टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जनाको सहभागिता रहने

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्सीय टिमले सहभागिता जनाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिम सहभागी हुने जनाएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुनेछन् । त्यसबाहेक अन्य पदाधिकारी रहेका छन् ।

टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह ९एलेक्स०, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने छिन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: