काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थपियो

काठमाडौं ।  काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको हो ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ ।
शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
साथै, सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: