
बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन बिहीबार मध्यरातिबाट अन्त्य गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरेको हो ।
बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।
हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखमार्फत् थप छलफलका लागि समय माग गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले छलफल गर्न विपक्षी सांसदहरूसँग राय माग्दै गर्दा मुख्यमन्त्री पोखरेल सभा हलबाट बाहिरिएका थिए ।
सोही आधारमा सत्तापक्षको सदन बहिस्कार पछि शुक्रबार आज दिउँसो १ बजे सम्मका लागि सभामुखले बैठक स्थगित गरेका थिए । तर मुख्यमन्त्री पोखरेलले मध्यरातमा सभाको अधिवेशन नै अन्त्य गरिदिएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया