चिनियाँ राजदूत यान्छीद्वारा प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् । प्रधानमन्त्री निवास वालुवाटार पुगेर राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिएकी हुन् । भेटमा उनीहरुबीच नेपाल चीन सम्बन्धमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा रायदूत यान्छीले नेपाललाई चीनले गर्दै आएको कोरोना भाइरसविरुद्धको खोप सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् । उनले चीनले भर्खरै घोषणा गरेको १६ लाख डोज खोप सहयोगबारे पनि जानकारी दिएकी थिइन् ।

प्रधानमन्त्री देउवाले चिनियाँ सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: