‘महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिसमक्ष गराउने कानूनी व्यवस्था छैन’

काठमाडौं । राष्ट्रपति कार्यालयले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतबाटै गर्न पत्राचार गरिएको बताएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यसका लागि २०७८ वैशाख ५ गते पत्राचार गरिएको जानकारी दिएको हो ।

विज्ञिप्तमा राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएका बाहेक उक्त मिति पश्चात नियुक्ति भएका अन्य संवैधानिक अङ्ग लगायतका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको समेत स्पष्ट पारिएको छ ।

शपथ कार्यक्रम राष्ट्रपतिको कार्यालयमा नभएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित–प्रसारित समाचारप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ । नवनियुक्त महान्याधिवक्ता खातीले शुक्रबार सर्वोच्च अदालतमा शपथ लिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया