काठमाडौं । नेपालमा थप १,८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६६ जनाको पीसीआर विधिबाट र ३,२०८ जनाको परीक्षण एन्टिजन विधिबाट परीक्षण गर्दा थप १,८७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८८६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१६४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ ।
क्वारेन्टाइनमा ३३७ जना छन् भने आइसोलेसनमा २५९५२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये अहिले ५८३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया