
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टी एकताका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।
उनले संसद् सचिवालयमा राजीनामा बुझाएको बताएका छन् । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका बेला रावलको राजीनामा आएको हो ।
रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया