प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भयोः वरिष्ठ नेता नेपाल

काठमाडौं । सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आइतबार भएको मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको प्रतिक्रिया दिए । उनले भने, “संविधानको पक्षमा दलहरूले अभिमत दिनुभएको छ ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: