बाढीका कारण हेनान प्रान्तमा १२ को मृत्यु,१० हजार बढी विस्थापित

चीनमा भारी बर्षा भएको । वर्षाका कारण ठुलो बाढी आएको छ । चीनमा आएको बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन् ।

मध्य चिनको हेनान प्रान्त बाढीबाट बढी प्रभावित भएको छ । दश वटा शहर बाढीको चपेटामा पर्दा त्यहाँका अधिकांश घर डुबानामा परेका छन् । दर्जनौ मानिसहरु हराइरहेका छन् । बाढीले सयौं सवारी साधान पुरिएका छन् ।

बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिचालन गरिएको छ । चीनमा बिगत ३ दिनदेखिको भारी बर्षा पछी आएको बाढीले हजारौं घर ध्वस्त भएका छन् । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया