गायक हुमागाईंको “पबित्र मायामा” सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा सर्जक शरण हुमागाईंको नयाँ लोक दोहोरी गीत ” “पबित्र मायामा” सार्वजनिक भएको छ ।

गीतमा  हुमागाईं र शाबित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मच्छेस्वर सापकोटाले भरेका हुन् भने शब्द शरण हुमागाईंकै रहेको छ । वियोगान्त स्वादमा तयार भएकोउक्त गीतको भिडियोमा प्रकाश तामाङ्ग राज, अनु पराजुली र युवक कार्कीको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मोडल स्वयम् प्रकाश तामाङ्ग राज ले गरेका छन् भने छायांकन मरुभूमि नारायण र सम्पदान रोशन धितालले गरेका छन् । उक्त गीत शरण हुमागाईं नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उनको केहि समय अगाडी मात्रै भिरैको खनायो बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले धेरै श्रोता तथा दर्शकहरुको मन जिते पश्चात यो गीत सार्वजनिक भएको हो । कुनै पनि कलाकरलाई आफ्नो सिर्जना श्रोता तथा दर्शकले रुचाईदिनु भए मात्र अर्को प्रस्तुति बजारमा ल्याउन उर्जा मिल्ने गर्दछ । संचारकर्मी, गायक तथा शर्जक शरणलाई पनि यस भन्दा अघिका प्रस्तुतिमा सफलता प्राप्त भएर नै होला गीत बजारमा आएको ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया