टोकियो ओलम्पिकको उद्घाटन(फोटोफिचर)

भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको हो ।

कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार गरिएको हो । उद्घाटनअघि नै फुटबलसहित केही खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन् ।

उद्घाटन समारोहमै यसअघि कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पिनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थियो । ६८ हजार दर्शक क्षमताको यस रंगशालामा सर्वसाधारणलाई भने प्रवेश दिइएको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया