युथ फोर्सलाई परिवर्तित परिस्थितिअनुसार काम गर्न पोखरेलको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हालै ब्युँताइएको युथ फोर्सलाई परिवर्तित परिस्थितिअनुसार काम गर्न निर्देशन दिनुभएको छ ।
राजधानीमा शनिबार आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले यस्तो निर्देशन दिनुभएको हो ।

‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरूले गनुपर्छ, भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएकोसमेत बताउनुभयो । ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहन्छन् भने त्यसलाई ठेगान लगाउने संगठनको रुपमा काम गर्न निर्देशन दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया