निगम निजीकरणको कामलाई यथास्थितिमा राख्न सर्वोच्चको अन्तरकालिन आदेश

काठमाडौं । नेपाल वायुसेवा निगमको निजीकरणको कामलाई अघि नबढाउन सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको छ ।

निगमको निजीकरण गर्न लागिएको भन्दै नेपालका लागि नेपाली पार्टीका तर्फबाट कार्कीले सर्वोच्चमा रिट दिएका थिए । आदेशमा भनिएको छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुन अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी प्रत्यार्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया