
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य रेशम चौधरी पार्टी विवादमा तटस्थ बसेका छन् । आन्तरिक विवादमा सनाखत गर्न डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका चौधरी तटस्थ बसेका हुन् ।
चौधरीले आफू कुनै पक्षमा नलागि जसपाको कार्यकर्ता भएकाले तटस्थ बस्ने निर्णय गरेको बताएका छन् । उनले आफूलाई पक्ष विपक्षमा हस्ताक्षर सनाखत गर्न नैतिकताले नदिएको बताए ।
उनले भने, ‘थुनामा रहेको मलाई पक्ष विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’ उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।
पार्टीका आधिकारिकता विवाद टुंग्याउन उनलाई डिल्लीबजार कारागारबाट सोमबार दिउँसो निर्वाचन आयोग पुर्याइएको थियो उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया