खेलाडी उनम बुढाथोकीलाई नेपाल जापान फूटबल संघको आर्थिक सहयोग

 

जापान । नेपाल जापान फूटबल संघका सदस्य रहेको क्लब शिजुओका गाइजको खेलाडी उनम बुढाथोकी ट्रेनिंङको क्रममा खुट्टामा गम्भिर चोट पुगेकोले क्लबले आर्थिक सहयोग गरेको छ ।

बुढ़ाथोकीको पहिलो सल्यक्रिया र दोस्रो सल्यक्रिया सम्पन्न भै सकेको हुँदा क्लबले १ लाख ३ हजार ५ सय आर्थिक हेल्प र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

हस्पिटलले जनाए अनुसार  पुरै ठीक हुन ४ महिना आराम गर्नुपर्ने भन्ने कुरा भएको हुँदा केही हप्ता पहिले  क्लब सँग सहयोगको अपेक्षा गर्नु भएको थियो । सो क्रममा हामीले हाम्रो कार्यसमितिका साथीहरु र हाम्रो क्लब लाई माया गर्ने ब्यक्तित्वहरु सँग सहयोगको अपिल गरि आर्थिक संकलन गरेर हेल्प गरेको महासचिव मनोज श्रेष्ठले जानकारी दिएका छन ।

क्लबले चलाएको यो अभियानबाट १०३५०० जापानी येन जम्मा भएको जानकारी सहित यो रकम छिट्टै नै उनमको खातामा जम्मा गर्ने कुरा पनि जानकारी गराएको छ ।

यस क्रममा सहयोग गर्नुहुने सम्पुर्ण मनकारी सहयोगी हातहरुप्रति क्लबले हार्दिक नमन प्रकट गरेको श्रेष्ठले बताए  ।

फेसबुकबाट तपाइको प्रतिक्रिया