
टोकियो । गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०२१-०२३ को लागि नयाँ नेतृत्व निर्वाचित गर्दै मतदान सम्पन्न भएको छ ।
आज जुलाई ३० तारिख भएको मतदानबाट अध्यक्षमा शिवप्रसाद पौडेल र महासचिवमा सिद्धार्थ श्रेष्ठ निर्वाचित भएका छन् । जुलाई २७ तारिख तोकिएको मतदानको जुलाई ३० मा सारिएको थियो । अध्यक्षमा पौडेलले अन्य चार प्रतिस्पर्धीहरूलाई पछाड़ी पारी निर्वाचित भएका हुन ।
निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो । त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन । त्यसैगरी निकटतम प्रतिस्पर्धी अनिता गुरुंगले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छन । त्यसैगरी बरिस्ठ उपाध्यक्षमा नबिन निउरे निर्वाचित भएका छन ।
यस पटक कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दावी गरेका थिए ।
यस्तो छ एनआरएनए जापानको नयाँ निर्वाचित टिम
फेसबुकबाट तपाइको प्रतिक्रिया