कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, १८१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन हजार ६ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या सात लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५२२६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८३४ पुगेको छ । क्वारेन्टाइनमा ३९० जना रहेका छन् भने आइसोलेसनमा ३१०१४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया