ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी निर्णयलाई खारेज गर्नुपर्ने बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा झाँक्रीले ओली सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्ने दायित्व अहिलेको सरकारको दायित्व भएकी बताएकी हुन् ।

सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिँडाउने मात्रै दायित्व नबोकेको भन्दै उनले पूर्ववर्ती सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी बोक्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘एउटा राम्रो उदाहरण हो–झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने अघिल्लो सरकारको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डल पनि आएको छ। यसतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’

उनले सर्वोच्च अदालतको फैसला र आफूहरुको संघर्षले प्रतिनिधि सभाको पुनःस्थापना भएको भन्दै उनले सबैलाई बधाई दिइन् । झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया