काठमाडौं । नेपालमा थप ४,१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १५३५ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । काठमाडौ उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको छ क्वारेन्टाइनमा ३७८ जना छन् भने आइसोलेसनमा ३३४६४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया