लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि साउन २७ गते छलफल हुने

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बिहीबार साउन २७ गते बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशनको माग गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया