बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनाले मुख्यमन्त्रीका लागि २४ घण्टाभित्र दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले सूचना जारी गरी बिहीबार अपराह्न ३ बजेसम्म दाबी पेश गर्न समय दिइएको जानकारी दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले बुधवार राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ मुख्यमन्त्रीका लागि आह्वान गरिएको हो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया