लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले शपथ लिएसंगै मन्त्रिपरिषद विस्तार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिए संगै बिहीबार नै मन्त्रिपरिषद विस्तार गरेका छन् ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका हुन ।

प्रदेश प्रमुख अमिक शेरचनले दिएको २२ घण्टामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि केसीको मात्र दाबी गरेको थियो । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नै केसीलाई नियुक्त गरे, शपथ गराए ।

मुख्यमन्त्री केसीले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकासमन्त्री, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।

जसपा संसदीय दलका नेता सहसराम यादवले भौतिक पूर्वाधारमन्त्री बन्दा यही पार्टीका सांसदद्वय सुमन शर्मा रायमाझी र पुरमती ढेंगा विना विभागीय मन्त्री बनेका छन् । सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका सांसद अजय शाहीले पनि विना विभागीय मन्त्रीको सपथ लिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: